Lekali Hey – Anil Singh

लेकाली हे हे चोयाको डोको
सानो माया हे हे लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
भन सोल्टि वरावर नढाँटी

वहयो खोला वेसि झर्यो सम्मै
तिम्रो माया कलेजिमा टम्मै
आँखैमा गाजलु लपक्कै
भन माया लाइ दीउँ कि छपक्कै
वैशमा, वैशमा मर्छु यो क्यारे
भन सोल्टि वरावर नढाँटी

रातो चोलो पाखुरीमा टिमिक्कै
बस्यो माया आँखैमा झिमिक्कै
के गाड्नु कर्कलो वारी
पर्ख तिमीलाई रोइरहने नपारी
वैशमा, वैशमा मर्छु पो क्यारे
भन सोल्टि वरावर नढाँटी

Advertisements