Hatne Hoina Dati Ladne – Axis Band

हट्ने होइन डटी लड्ने
नेपालीको बानी हुन्छ
कहिले नझुक्ने शीर उभेको
स्वाभिमानी नेपाली हुन्छ
विश्वको कुना काप्चामा खोज
नेपालीको मुटुमा खोज
(त्यहाँ सिङ्गो नेपाल हुन्छ
त्यहाँ राजारानी हुन्छ) 2

श्रीपेचको नवि रङ
डाँफे चरीले बोकेर उड्छ
एकता अनि वीरताको गाथा
सारंगिले गाउँदै हिंड्छ
खुकुरीको डोवभित्र
वीरहरुको पाइला हुन्छ
पर्वतराजा हिमाल मुनी
गुराँस त फुलेको हुन्छ
गुराँसको रङ हेर
त्यो पनि त रातो हुन्छ
हाम्रो मुटुको रगत हेर
त्यो पनि त रातो हुन्छ
रातो रङ्ग सिम्रिक रङ्ग
चन्द्र सुर्य झण्डाको रङ्ग
त्यो पनि त रातो हुन्छ
त्यहाँ सिङो नेपाल हुन्छ
त्यहाँ सिङो नेपाल हुन्छ
त्यहाँ राजा रानी हुन्छ

हाम्रो मादल शान्तिको लागि
मरुभुमिमा परेड खेल्छ
स्वयम्भुको दुइटा आँखाले
न्याय अन्याय छुट्याइ हेर्छ
बाँच र बचाऊ भन्ने
छाती भित्र कुदिएको हुन्छ
ठेला उठेको हातमा हेर
पसिना त बगेको हुन्छ
पसिनाको नदी हेर
त्यो पनि त नीलो हुन्छ
हामी माथिको आकाश हेर
त्यो पनि त नीलो हुन्छ
नीलो रङ्ग शान्तिको रङ्ग
हाम्रो झण्डाको किनारको रङ्ग
त्यो पनि त नीलो हुन्छ
त्यहाँ सिङो नेपाल हुन्छ
(त्यहाँ सिङो नेपाल हुन्छ
त्यहाँ राजा रानी हुन्छ ) 3

Advertisements