Fukera Arkako Diyo – Sishir Yogi

The Lyrics

फुकेर अर्काको दियो तिम्रो दियो चम्केर बल्दैन
(मारेर अरुको माया तिम्रो माया अमर बन्दैन…)२

(दुई अचानो मिल्यो भने दु:ख घट्ला बरु
चोट दिने खुकुरीले हार मान्ला बरु )२
थुनेर अरुको कुलो तिम्रो बाली हरियो हुदैन
मारेर अरुको माया तिम्रो माया अमर बन्दैन

(साथ दियो भने शिखर टेकिएला
लामो लामो बाटो पनि छोटिएला बरु )२
मेटेर अरुको खुशि तिम्रो मुहार हसिलो हुदैन
मारेर अरुको माया तिम्रो माया अमर बन्दैन

Advertisements