Kun Batoma Timi Eklai – Ram Bhakta Jojiju and Itu Jojiju

[कुनै बाटोमा तिमी एक्लै
कुनै बाटोमा म एक्लै
(आकाश त एउटै देख्छु )२
तर धर्ति किन बेग्लाबेग्लै…)२]२

(तिमी नदि भई बग्छौ
म पहाड भै छेकिन्छु )२
तिमी पहाड हुदाँ
म मैदानमै रोकिन्छु
(अस्ताई रहेछ घाम जुन )२
तर साँझ बिहान एक्लै एक्लै…

(पत्थरको चोट भन्दा
नमिठो एक्लोपन छ )२
(साथी छुटेर यात्रा
दुखिरहेको मन छ )२
(कहाँ थियो म जानु )२
तर फर्कि कहाँ म एक्लै…

कुनै बाटोमा तिमी एक्लै
कुनै बाटोमा म एक्लै
(आकाश त एउटै देख्छु )२
तर धर्ति किन बेग्लाबेग्लै…

Advertisements