Dholakai Bajyo – Sugam Pokhrel

शब्द रचनाः घमराज लुइँटेल
संगीत, स्वरः सुगम पोखरेल

एल्बमः सुगम संगीत
ढोलकै बज्यो, मादलै बज्यो, बज्यो है डम्फू बाजा

नाच्दै म गाउँदै, रमाइलो गर्दै बनाऊँ यो माया ताजा

हावा है चल्यो सिरिरी नाची म जाउँ है फिरिरी

पसले दाइको सामान जोख्ने कति म राम्रो तुलो

त्यही तुलोमा तौलौं आज कस्को म माया ठूलो

साइला म दाइको घुमाउने घरको कति म राम्रो धुरी

खलामा झरी भरौं न माया लाग्छ कति मुरी

खेताला जाँदा गोठालो जाँदा बसेको माया प्रीति

मुटुमा तिम्रो लेखेको नाम मेटिन्न सितीमिति

सारंगी रेट्दै गाइने दाइले गायो है मीठो गीत

सुसेली हाल्दै बेसीमा झर्दा भेट्नेछु तिमीसित

बाटैमा आउँछ देबीको थान पाती म चढाइ जाउँला

तिमी म सँग ए कान्छी मोरी जुग जाने माया लाउँला

Advertisements