Je Hunu Bhaigo  – Swaroop Raj Acharya

(जे जे हुनु भैगो अब 
कुरा नचलाउन )२ 

(आलो यो घाउमा फेरी )२ 

(छुरा नचलाउन )२ 

जे जे हुनु भैगो अब 

कुरा नचलाउन… 
(सपना मेरो एउटै थियो 

बिपना पनि एउटै )२ 

भेट्टिए झै लाग्थ्यो तिमीलाई 

ढुङ्गा खोज्दा देउटै 

(आधा सपना जलाई सक्यौ 
पुरा नजलाउन )२ 

(आलो यो घाउमा फेरी )२ 

(छुरा नचलाउन )२ 

जे जे हुनु भैगो अब 

कुरा नचलाउन… 
(बास बस्न दिएँ दिलमा 

थियौ कति जाती )२ 

कुल्चिएर गयौ आज 

मेरै छाती माथि 

(शून्यतानै प्यारो लाग्छ 

चुरा नबजाउन )२ 

(आलो यो घाउमा फेरी )२ 

(छुरा नचलाउन )२ 

जे जे हुनु भैगो अब 

कुरा नचलाउन…

Advertisements