Parkhi Base  – Himal Sagar 

पर्खि बसें आईनौ तिमी 
कहाँ साईनो जोड्न गयौ…. 
(पर्खि बसें आईनौ तिमी )२ 

(कहाँ साईनो जोड्न गयौ )२ 

(हेर्दा हेर्दै आकाशको )२ 

(तारा जस्तै बिलाई गयौ )२ 

पर्खि बसें… 
(तिमी जून तिमी घाम 

तिमी जिन्दगानी थियौ 

फेरि पनि बिस्वासलाई 

ठट्टा सम्झि उडाई दियौ )२ 

नपाएको चिज मिठो 

भन्ने गर्थे सबैले 

पाएनौ कि ममा त्यस्तो 

जे चाहन्थ्यौ तिमीले 

(पर्खि बसें आईनौ तिमी )२ 

(कहाँ साईनो जोड्न गयौ…)२ 
(बादल लाग्छ आँखा भरी 

झर्छ आँशु झरी बनि 

कहिलेसम्म बाँच्नु अब 

एक्लो रात गनि गनि )२ 

मेरो मनमा तिम्रो याद 

मात्र अब बाँकी भो 

याद पनि लैजाऊ बरु 

शून्यता जाती भो 
(पर्खि बसें आईनौ तिमी )२ 

(कहाँ साईनो जोड्न गयौ )२ 

(हेर्दा हेर्दै आकाशको )२ 

(तारा जस्तै बिलाई गयौ )२ 

पर्खि बसें…

Advertisements