Mero Manma Aago – Himal Sagar 

(मेरो मनमा आगो लाउनेको 
मेरो मन धरधरी रुवाउनेको )२ 

तिम्रो पनि छाती भित्र आगो दन्कियोस् 

(सधैं भरि माया पाउन मुटु चर्कियोस्…)२ 
(चुलेसीले रेटि-रेटि तिखो छुरा चलायौ 

तिमीले माया अन्तै सार्‍यौ जोरिपारि सबै हसाँयौ )२ 

हाँसी-हाँसी अचानोमा रेट्नेको 

जिन्दगी नै डढेलो झैं आगो सल्कियोस् 

(सधैं भरि माया पाउन मुटु चर्कियोस्…)२ 
(तिमीले त डुबाई छाड्यौ मन मिल्ने मुटुलाई 

जिन्दगी भर आँशु दियौ चोखो माया लाउनेलाई )२ 

अर्काको मन धरधरी रुवाउनेको 

सुख सधैं टाढैबाट अन्तै तर्कियोस् 

(सधैं भरि माया पाउन मुटु चर्कियोस्…)२ 
मेरो मनमा आगो लाउनेको 

मेरो मन धरधरी रुवाउनेको 

तिम्रो पनि छाती भित्र आगो दन्कियोस् 

(सधैं भरि माया पाउन मुटु चर्कियोस्…

Advertisements