Puranai Cha Bato – Hemanta Rana 

पुरानै छ बाटो पुरानै गोरेटो 
तर नौलो यात्रा आज थाल्दै छु म 

दुखेकै छ घाउ सुकेकै छ तलाऊ 

आशाको दियो यो फेरी बाल्दै छु म 

पुरानै छ बाटो… 
(घरी पानी नपाई रहर सारा डढे 

फेरी कहीं खुशीहरु पानीसंगै बगे )२ 

निभेकै छ आश उडेकै छ सुबास 

मायाको यो गीत फेरी गाउँदै छु म 

पुरानै छ बाटो… 
(टुंगिदैछन् सम्झौता मै मेरा इच्छाहरु 

त्यसै त्यसै झरे मेरा चाहका गुच्छाहरु )२ 

छुटेकै छ साथ ढलेकै छ रात 

आँखामा उज्यालो फेरी खोज्दैछु म 
पुरानै छ बाटो पुरानै गोरेटो 

तर नौलो यात्रा आज थाल्दै छु म 

पुरानै छ बाटो….

Advertisements