Pauju ta Ramro – Hemanta Sharma 

(पाउजु त राम्रो पाउमा 
लाली त राम्रो ओठैमा )२ 

औंठी त राम्रो औंलैमा 

जोडी त राम्रो नौलैमा 

पिरती राम्रो कहाँ हुन्छ 

(लाउन पाए पो थाह हुन्छ…)३ 
(काफल चरीले काफलै खान्छे 

के खान्छे जुरेली थाह छैन )२ 

(मायाको कुरा जान्दिन पुरा )२ 

सिकाउने कोहि पनि पा छैन 

(पछयौरी राम्रो ढाकाको 

ईशारा राम्रो आँखाको )२ 

ईशारै गरे काफी हुन्छ 

(त्यो ज्यानले जे गरे माफी हुन्छ )३ 
(कैलाशै डुल्ने डाफें कस्तुरी 

बृन्दावन डुल्ने मजुर )२ 

(बत्तिस दन्तै छ कि दिल अन्तै )२ 

अब त निधो देऊ हजुर 

(सोचेर एक्लै टोलाउने 

निद्रामै उठेर बोलाउने )२ 

के भयो भयो थाह छैन 

(भन्दिने कोहि पनि पा छैन )३ 
(पाउजु त राम्रो पाउमा 

लाली त राम्रो ओठैमा )२ 

औंठी त राम्रो औंलैमा 

जोडी त राम्रो नौलैमा 

पिरती राम्रो कहाँ हुन्छ 

(लाउन पाए पो थाह हुन्छ )३

Advertisements