Lam Bhane Pirati – Hemanta Sharma 

(लाम भने पिरती म किन लाउन्न र 
आऊ भनि बोलाए म कहाँ आउन्न र 

हाँसे पो बोले पो दिलै खोले पो 

थाह पाउँथ्यौ मायाले माया भनेको…)२ 
(पुर्णिमाको के कुरा औंशीमा नि धपक्कै 

ज्यानलाई देखि ध्यान मेरो जान्न अन्त पटक्कै )२ 

ज्यानलाई देखि ध्यान मेरो जान्न अन्त पटक्कै 

तिमीलाई थाह छैन आफू कस्ती छौ 

हामीलाई सोध न चन्द्र जस्ती छौ 

हाँसे पो बोले पो दिलै खोले पो 

थाह पाउँथ्यौ मायाले माया भनेको… 
(तिम्रै सिउँदो सजाउन सिन्दुर बनि आउँला नि 

(दुई दिने साथ के साथ जुग जाने पिरती लाउँला नि )२ 

दुई दिने साथ के साथ जुग जाने पिरती लाउँला नि 

टोलमा चोकमा चर्चा धेरै छ 

तिम्रै नाउँसंगै हल्ला मेरै छ 

हाँसे पो बोले पो दिलै खोले पो 

मायाले थाह पाउँथ्यौ माया भनेको… 
(लाम भने पिरती म किन लाउन्न र 

आऊ भनि बोलाए म कहाँ आउन्न र 

हाँसे पो बोले पो दिलै खोले पो 

थाह पाउँथ्यौ मायाले माया भनेको…

Advertisements