Timile Dine Maya – Narendra Pyasi 

तिमीले दिने माया अजम्बरी छ भने 
गंगाको पानी भन्दा चोखो छ भने 

(मेरो मनको बाटो गरि जिन्दगीमा आईदेउ 

तिम्रो दिलमा पर्खि रहुँला…)२ 

(मनमा बस तनमा बस )२ 

(मेरो सपनाको संसारमा बस)२ 
तिमीसंग लुकाउनु (के छ र )२ 

आफ्नै मन भेटि सम्झी चढाई दिउँला 

घाम छायाँ झै फेरिने यो (चोलामा )२ 

(पिरतीलाई देउता नै बनाई दिउँला )२ 
जिन्दगीमा कमाउनु (के छ र )२ 

(जति सक्यो पुण्य किनी सजाई दिउँला )२ 

चाहे राख चाहे फ्याँक (तिम्रै खुशी )२ 

(तिम्रो लागी दुख सबै उठाई दिउँला )२ 
तिमीले दिने माया अजम्बरी छ भने 

गंगाको पानी भन्दा चोखो छ भने 

(मेरो मनको बाटो गरि जिन्दगीमा आईदेउ 

तिम्रो दिलमा पर्खि रहुँला…)२ 

(मनमा बस तनमा बस )२ 

(मेरो सपनाको संसारमा बस)२

Advertisements