Ma Ta Timro Manchhe – Narendra Pyasi

(म त तिम्रो मान्छे बन्न सकिन 
तिमीलाई आफ्नो मान्छे भन्न सकिन )२ 

(तर तिमीलाई चोखो माया गरिरहन्छु )२ 

जति आरोप लाए पनि हाँस्दै सहन्छु 

म त तिम्रो मान्छे बन्न सकिन… 
(मलाई एक्लो पारे पनि 

खुशी नै छु हारे पनि )२ 

(तिम्रै भलो चाहन्छु म 

तिमीले माया मारे पनि )२ 

म त तिम्रो साथी हुन सकिन 

तिमी जुन झैं बढ्यौ छुन सकिन 

(तर तिमीलाई चोखो माया गरिरहन्छु )२ 

जति आरोप लाए पनि हाँस्दै सहन्छु 

म त तिम्रो मान्छे बन्न सकिन… 
(टुट्यो कसम छुट्यो माया 

तिमीलाई दोष लाको छैन )२ 

(काडें तार झै भैगो अतित 

हिंड्ने बाटो पाको छैन )२ 

म त तिम्रो मनमा अट्न सकिन 

ईज्जत सम्झि सीमा काट्न सकिन 

(तर तिमीलाई चोखो माया गरिरहन्छु )२ 

जति आरोप लाए पनि हाँस्दै सहन्छु 

म त तिम्रो मान्छे बन्न सकिन…

Advertisements