Bhai Tikama Bhetna Aaula – Raju Lama

(भाई टिकामा भेट्न आउँला बिदाई छ आजलाई )२ 
नरोई जाऊ चेली आशिस छ तिमीलाई 

पराई नै आफ्नो हो आफ्नो नै पराई 

भाई टिकामा भेट्न आउँला नरोई जाऊ चेली… 
(माईतीको चोखो कोसेली होला सम्झना चेलीलाई )२ 

(कामना गर्छौ सुख मायाको पराई घर जानेलाई )२ 

भाई टिकामा भेट्न आउँला नरोई जाऊ चेली… 
(दैवको लेखा कर्मको रेखा मेटेर मेटिदैन )२ 

(सम्झना आउँछ भक्कनो छुट्छ आँशु यो रोकिदैन )२ 

भाई टिकामा भेट्न आउँला बिदाई छ आजलाई 

नरोई जाऊ चेली आशिस छ तिमीलाई

Advertisements