Aashu Jhare Narou Bhandai – Narendra Pyasi 

आँशु झरे नरोऊ भन्दै 
आँखा पुछ्ने मान्छे 

नाम सुन्दा कान थुन्ने भयो 

आज उहि मान्छे… 

आँशु झरे नरोऊ भन्दै 

आँखा पुछ्ने मान्छे… 
(एउटै थियो मनको चरी 

रिसाएछ कहिले )२ 

थाहै छैन कति खेर 

(भुल गरें मैले…)२ 

निन्द्रामा नि बर्बराउँदै 

बोलाउने मान्छे 

नाम सुन्दा कान थुन्ने भयो 

आज उहि मान्छे 

आँशु झरे नरोऊ भन्दै 

आँखा पुछ्ने मान्छे… 
(आफ्नो आँशु लुकाएर 

हाँसो बाढ्न खोज्ने )२ 

चाँदनीलाई बिर्सिएर 

(दुखि तारा रोज्ने…)२ 

अमृत पनि बिष भयो 

किन आज मान्छे 

नाम सुन्दा कान थुन्ने भयो 

आज उहि मान्छे 

आँशु झरे नरोऊ भन्दै 

आँखा पुछ्ने मान्छे…

Advertisements