Sapanama Bhulechhu – Sanjay Shrestha 

सपनामा भूलेछु बिपनालाई बेर्सेर 

रात पनि बित्नेभो तिमीलाई नै पर्खेर 

मनमा तिमी नै छौ तिमी भित्रै भूलेछु 

जीवन यो साँचेको तिमीलाई नै दिनेछु 
(रात पनि कति एक्लो मेरो जीवनको 

मध्यरातमा तिमीलाई नै पर्खिरहेको)—२ 

गीत कुनै गाएपनि तिमी गुन्जिन्छौ 

बिर्सिदिन खोज्दा पनि आँखामा हुन्छौ 

सपनामा भूलेछु बिपनालाई बेर्सेर 

रात पनि बित्नेभो तिमीलाई नै पर्खेर 
(अन्धकार छ चारैतिर हराइरहेछु)—२ 

शुन्यतामा तिमीलाई नै खोजिरहेछु 

तिमी आउने गोरेटोमा पर्खिरहेछु 

आकाशको जूनतारा गनिरहेछु

Advertisements