Herda Ramro Machhapuchchhre – Dharmendra Sewan 

(हेर्दा राम्रो माछापुच्छ्रे मारी राम्रो माछा 

बैगुनीलाई गुनले मार्छु खोजी ल्याई देऊ कहाँ छ )२ 
(जुन खोलीमा पानी छैन उहि खोलीमा भोटि 

आफ्नो पोईलाई बासी मकै नाठो पोईलाई रोटि )२ 

भातै पाक्यो गुदुगुदु तिउनलाई नुन छैन 

सुनको जस्तो जोवन दिदाँ कान्छिलाई गुन छैन 
दैला मुनि तिते फापर गाईले खाए खाला 

लाको माया छाड्ने छैन गए गर्दन जाला 
तालको माछा ताल मै रह्यो भ्यागुतो पाखैमा 

अरुलाई बोली बचन कान्छिलाई काखैमा 
(हेर्दा राम्रो माछापुच्छ्रे मारी राम्रो माछा 

बैगुनीलाई गुनले मार्छु खोजी ल्याई देऊ कहाँ छ )२ 

(बैगुनीलाई गुनले मार्छु खोजी ल्याई देऊ कहाँ छ……)२

Advertisements