Dandani Aago – Dharmendra Sewan 

दनदनी आगो दन्किरहेछ 

भताभुंग लथालिंग भत्किरहेछ 

मेरी आमा जलिरहेछिन् 

म छोरो भई टोलाउँदै हेरिरहेछु 
शान्तिको दुत जन्मेको भूमीमा 

शान्ति धेरै पर भो 

के भयो यस्तो पराईको भन्दा 

आफ्नाको धेरै डर भो 

पत्ति बाधें भो स्वयम्भुले आँखामा अब 

फूल्नै छाडे भो गुराँस वनपाखामा अब 

दनदनी… 
पेट भर्न आंग ढाक्न 

अरु कै मुख ताक्नु पर्‍यो 

अटल छ चन्द्र अडिग छ सूर्य 

तारा झैं सपना कहाँ झर्‍यो 

बग्नै छाडे भो महाकाली गण्डकी अब 

तयार छ र अब को देशको लागि मर्न अब 
दनदनी आगो दन्किरहेछ….

Advertisements