तिमी जस्ती राम्री केटीले
यसरी ठुस्केको सुहाउँदैन
सुहाउँदैन…
तिमी जस्ती पढेकी केटीले
यसरी रिसाएको सुहाउँदैन
सुहाउँदैन…
मेरो मर्म तिमीले बुझ्नु पर्ने
छोरा हो म मान्छे
कर्मको खोजी गर्नु पर्ने
कहिलेकाहीं (अाफैलाई भूल्नु पर्ने )२
आफैलाई भूली हिंड्नु पर्ने…
शंकाले लंका जलाको
कथा पुरानै संसार हल्लाको
छैन बिश्वास तिम्रो तोडेको
छैन ९बाटो अन्तै मोडेको )२
बाटो अन्तै मोडेको…
तिमी जस्ती राम्री केटीले
यसरी ठुस्केको सुहाउँदैन
सुहाउँदैन…
तिमी जस्ती पढेकी केटीले
यसरी रिसाएको सुहाउँदैन
सुहाउँदैन…