Jaba Sanjha Parchha – Babu Bogati 

(जब साँझ पर्छ तिम्रो याद बढ्छ 

किन यस्तो हुन्छ मलाई 

मध्य रातमा पनि मेरो अंगालोले 

किन खोजिरहन्छ तिमीलाई )२ 

सायद तिमी मलाई माया गर्छौ 

सायद तिमी मलाई आफ्नै ठान्छ्यौ 

सायद तिमी मलाई माया गर्छौ… 
(जून होइन तारा होइन तिमी भए पुग्छ )२ 

एकछिन टाढा भयौ भने भित्रि मन दुख्छ 

(जिन्दगी तिमीलाई दिईसकेँ मलाई मात्र हेर )२ 

धड्कन हाम्रो एउटै हुन्छ सास जहाँ फेर 

सास जहाँ फेर… 

जब साँझ पर्छ तिम्रो याद बढ्छ 

किन यस्तो हुन्छ मलाई 

मध्य रातमा पनि मेरो अंगालोले 

किन खोजिरहन्छ तिमीलाई 

सायद तिमी मलाई माया गर्छौ 

सायद तिमी मलाई आफ्नै ठान्छ्यौ 

सायद तिमी मलाई माया गर्छौ… 
(तिम्रो लागि दुनियाको नियम तोडि दिउँला )२ 

तिम्रो धड्कनसँगै मेरो धड्कन जोडि दिउँला 

(यो धर्तीमा रहेसम्म तिमीलाई माया गर्छु )२ 

तिम्रो लागि मर्न पाएँ हाँसी हाँसी मर्छु 

हाँसी हाँसी मर्छु… 

जब साँझ पर्छ तिम्रो याद बढ्छ 

किन यस्तो हुन्छ मलाई 

मध्य रातमा पनि मेरो अंगालोले 

किन खोजिरहन्छ तिमीलाई 

सायद तिमी मलाई माया गर्छौ 

सायद तिमी मलाई आफ्नै ठान्छ्यौ 

सायद तिमी मलाई माया गर्छौ…

Advertisements