Ki Jindagibata – Bharat Sitoula 

,[(कि जिन्दगीबाट हट 

कि माया देऊ )२ 

भो बारम्बार मलाई 

तिरष्कार नदेऊ ]२ 

तिरष्कार नदेऊ… 
(मुटु टुक्र्याई दिदाँ पनि 

तिमीलाई अपुग भए )२ 

(आँखै सुक्ने गरी झारेका 

आँशुको अस्तित्व कहाँ गए )२ 

आँशुको अस्तित्व कहाँ गए… 

कि जिन्दगीबाट हट 

कि माया देऊ 
(सम्झौता नगर मलाई 

दिएर मन भरी पिडा)२ 

बरु जिउँदै जलाई मारी देऊ 

गर्नु भन्दा मलाई घृणा 

गर्नु भन्दा मलाई घृणा… 

कि जिन्दगीबाट हट 

कि माया देउ 

भो बारम्बार मलाई 

तिरष्कार नदेऊ )२ 

तिरष्कार नदेऊ….

Advertisements