Mero Lagi – Cobweb Band

हेर मेरो आँखामा 

तस्बिर तिम्रै पाउने छौ 

खोज तिमी आफू भित्र 

सधैं मलाई नै पाउने छौ 

आँशु झर्छ बिझाउँदा मुटु 

त्यो आँशुलाई बुझ्ने तिमी नै हौ 

तिमीमा नै छ मेरा सारा खुशी 

तिमीमा नै छ मेरा सारा सपना 

(मेरो लागि स्वर्गको अर्थ 

मात्र तिमी, तिमी नै हौ…)२ 

समयसंगै बद्लिन्छ मौसम 

तर तिमी नबद्लिनु 

दुखाएछु भने त्यो तिम्रो मन 

माफ मलाई गरिदिनु 

हरेक जीवन जिउनलाई 

साथ चाहिन्छ त्यो साथी तिमी नै हौ 

तिमीमा नै छ मेरा सारा खुशी

तिमीमा नै छ मेरा सारा सपना 

(मेरो लागि स्वर्गको अर्थ 

मात्र तिमी, तिमी नै हौ…)२

Advertisements