Bhana Ke Ke Garnuparchha – Swaroop Raj Acharya 

(भन के के गर्नुपर्छ तिम्रो साथ पाउनलाई )२

 मलाई मन छ तिमीसंगै चोखो माया लाउनलाई 

चोखो माया लाउनलाई… 

(भन के के गर्नुपर्छ तिम्रो साथ पाउनलाई…)२ 
(माग्नु पर्छ भने पनि भए जति देउतासँग )३ 

भए जति देउतासँग… 

तयार छु म मन्दिर मस्जिद गुम्बाहरु धाउनलाई 

मलाई मन छ तिमीसंगै चोखो माया लाउनलाई 

चोखो माया लाउनलाई 

भन के के गर्नुपर्छ तिम्रो साथ पाउनलाई… 
(तिमी मेरो सर्वश्व हौ तर तिमी बाहेक यहाँ )३ 

तर तिमी बाहेक यहाँ… 

तयार छु म दुनियाँका सबै थोक गुमाउनलाई 

मलाई मन छ तिमीसंगै चोखो माया लाउनलाई 

चोखो माया लाउनलाई… 

भन के के गर्नुपर्छ तिम्रो साथ पाउनलाई…

Advertisements