Jooni Jooni – Nepali Movie Songs

खुसी यो कसरी गरुँ बयान तिमी नै भन न 

आहा कस्तो रमाईलो छायो आज यो मेरो जीवनमा 

अंगालोमा बाँध मलाई म संसार भुल्न चाहन्छु 

ह्रिदयमा लुकाऊ मलाई म तिम्रै हुन चाहन्छु 

म पनि आफूलाई बिर्सेर तिमी मै हराउन चाहन्छु 

जूनी जूनी भरि रहोस् हाम्रो साथ यस्तै गरी 

तारा जून भै चम्कि रहुँला यो आकाश माथी 

अजम्बरी सधै रहोस् साथी यो हाम्रो नाता 

युग युगले सम्झिने छ यो हाम्रो कथा 

लाग्छ आज पुरा भो मेरो यो तपस्या 

जीवनमा पाउँदा तिमीलाई 

पुजा तिम्रै गरेथें मेरो मन मन्दिरमा 

तिम्रै नामको दियो जलाई 

साँचै हो यो हाम्रो सम्बन्ध 

दैवले रचेको हुनुपर्छ 

हाम्रो भेटको यो सिलसिला 

पुर्वजन्मको अंश हुनुपर्छ 

जूनी जूनी भरि रहोस् हाम्रो साथ यस्तै गरी 

तारा जून भै चम्कि रहुँला यो आकाश माथी 

अजम्बरी सधै रहोस् साथी यो हाम्रो नाता 

युग युगले सम्झिने छ यो हाम्रो कथा

Advertisements