चाहेर तिमीलाई मैले पाउन सकिन
रोजेर तिमीलाई आफ्नो बनाउन सकिन
(सकिन…)२
(चाहना तिम्रो अरु नै रहेछ
प्रित तिमीलाई अर्कैसित बसेछ )२
चाहना मेरो व्यर्थ गए पनि
साकार होस् सपना तिम्रो
चाहेर…
(शुभ-कामना छ मेरो तिमीलाई
सफल होस् जीवन तिम्रो )२
सपना आफ्नो साकार भई दिएन
माया तिम्रो पाउन सकिन
चाहेर तिमीलाई मैले पाउन सकिन
रोजेर तिमीलाई आफ्नो बनाउन सकिन
(सकिन…)९