Aaudai Chhu Ma – Nima Rumba 

आउँदैछु, आउँदैछु म तिम्रो शहरमा

 खुशीको उज्यालो छर्दै, 

शीतको थोपा टिप्दै 

आएँ म त मिरमिरे बिहानीमा 

विछोडका दिनहरु बिति गयो 

हाम्रो मिलनको समया आयो 

झर्ने छैन आँसुको थोपा 

बल्झिने छैन अब मुटुको ब्यथा 

आएँ म त तिमीलाई नै भेट्न 

त्यो रमाइलो शहरमा मा आ 

आउँदैछु म तिम्रो शहरमा 
हुनेछ भेट तिम्रो मेरो 

दोहोरीनेछ फेरी अतित हाम्रो 

हरपल तिम्रो साथ दिनेछु 

अंगालोमा बाँकि राख्नेछु 

आएँ म त तिमीलाई नै भेट्न 

त्यो रमाइलो शहरमा मा आ 
आउँदैछु, आउँदैछु म तिम्रो शहरमा 

आउँदैछु, आउँदैछु म तिम्रो शहरमा 

खुशीको उज्यालो छर्दै, शीतको थोपा टिप्दै 

आएँ म त मिरमिरे बिहानीमा मा आ