Sadai Ma Timro – Araj  Keshav 

सधैं म तिम्रो निम्ति 

आँशु नझारेको होइन 

बास पाउन तिम्रो ह्रिदयमा 

कयौं पल नतड्पेको होइन 

सबै भ्रम त्यो मेरो मलाई थाहा भो 

तिमी देखि हेर यो मन अब टाढा भो 

फेरि सक्दिन तिमीलाई चाहन 

आँखामा राख्न ह्रिदयमा सजाउँन 

हेर मेरो यी दुई आँखामा 

खुशी छन् अझै तिम्रो साथ 

तिमी बिना… 
हर कदम एउटै बाटो 

हिंड्न नचाहेको होइन 

मुटु माझ राखी तिमीलाई 

कयौं पल नतड्पेको होइन 

सबै भ्रम त्यो मेरो मलाई थाहा भो 

तिमी देखि हेर यो मन साँची टाढा भो 

हेर मेरो यी दुई आँखामा 

खुशी छन् अझै तिम्रो साथ 

तिमी बिना…

Advertisements