Ali Ali – Jagdish Samal

अलि अलि भन्दा भन्दै 

धेरै पिउने भई सकेछु 

(साथ छोडी तिमी बिना )२ 

(एक्लै जिउने भई सकेछु )२ 

(अलि अलि…)२ 
कहिले होशमा कहिले जोशमा 

सकी नसकी बेहोसीमा )२ 

(पिउँदा पिउँदै अलिकति )२ 

पुग्ने गर्छु (मदहोसीमा )३ 

किन अचेल एकान्तमा 

आफै रुने भई सकेछु 

(साथ छोडी तिमी बिना )२ 

(एक्लै जिउने भै सकेछु )२ 

(अलि अलि …)२ 
(नजरको दोसी तिमी 

अलि अलि म पनि)२ 

(संगै जिउने चहानामा )२ 

(थियौं हामी दुबै पनि)२ 

कहाँ खस्यो खुशी हाम्रो 

आफै भुल्ने भई सकेछु 

(साथ छोडी तिमी बिना )२ 

(एक्लै जिउने भई सकेछु )२ 

(अलि अलि …)२