आउँछु भनि निस्ठुरीले भर –   अन्जु पन्त 

(आउँछु भनि निस्ठुरीले भर किन पार्नु) २ 

(ज्यानै दिने बाचा गरी माया किन मार्नु) २ 

आउँछु भनि निस्ठुरीले भर किन पार्नु 
(झल्को आउँदा अतितको फुट्न खोज्छ छाती 

चिच्याउनेरैछु उसको नाम लिदै राति) २ 

नाम लिदै राति 

(सुकाएरै मार्ने भए फूल किन सार्नु) २ 

(आधा घाटमै छाड्ने भए खोला किन तार्नु) २ 

आउँछु भनि निस्ठुरीले भर किन पार्नु 
(मेरो खबर उसैकहाँ पुर्‍याइदेउन कोहि 

तिम्रै यादमा मर्छे होला भनिदेउन रोइ) २ 

भनिदेउन रोइ 

(उस्कै जीत भो जीवनमा मैले पर्‍यो हार्नु) २ 

(एकै छाक भए पनि भन्देउ नून बार्नु) २ 

आउँछु भनि निस्ठुरीले भर किन पार्नु 

Advertisements