Suna Bhana Na

सुन भन न, जुन हेर न

कस्तो शीतल, तिम्रो छायाको

एउटै सहारा तिम्रै मायाको – २
{ सावन बादलको नाता बर्खे झरीजस्तै

दिन र रात एक हुने सिन्दूर साँझजस्तै } – २
सुन भन न, फुल पात

जस्तो साथ, हाम्रो मनको

एउटै सहारा तिम्रै मायाको – २
{ फुल्दछ फुलहरू आफै आफ्नै रहर बनी

डाँडा काँडा पहाड पर्वत सहर बनी बनी } – २
गीत सुर, जित हार

जस्तै कथा, तिम्रो हाम्रो

एउटै सहारा तिम्रै मायाको – २

Advertisements