यस्तो पनि हुँदो रैछ

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले

कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले

यस्तो पनि हुँदो रैछ
मेरोजस्तो माया दिने तिमीलाई हजार होला

तिम्रोलागि मेराजस्ता हजार हजार मुटु रोला

जसलाई आफ्नो सम्झेको थिएँ उही बिरानो भयो अहिले

कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले

यस्तो पनि हुँदो रैछ
मेरो माया कुल्चिजाने तिम्रो माया फलोस् फुलोस्

मेरो इच्छा मारिजाने तिम्रो इच्छा सधैँ पुगोस्

उदास आँखा मेरा पनि सपना देख्थे कहिले कहिले

कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले

यस्तो पनि हुँदो रैछ

Advertisements