तिम्रो त्यो हँसिलो मुहारको 

तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा – २

बिछोडका कुरा कल्पिन थाल्छन् – २

तिम्रो तस्बिरले चित्त बुझाउँदा – २

सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले – २

परायालाई आफन्त ठानी मुटुमा राख्नाले – २

मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा – २

आँसुका धारा बहन थाल्छन् – २

तिम्रो तस्बिरले चित्त बुझाउँदा – २
लागेको चोट यो छातीभित्र कसरी सहनु – २

हारेको मैले मै रोइबस्छु तिमी चैँ नरुनू – २

मेरा ती जीवनका कथाहरू अपुरो गरेर छोड्दा – २

यी आँखा मेरा टोलाउन थाल्छन् – २

तिम्रो तस्बिरले चित्त बुझाउँदा – २

Advertisements