केही मिठो बात

केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ -२ 

भरे फेरि एकान्तमा रुनु त छँदै छ

केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ

रमाइलो कुरा गर, सपनाको कुरा गर – २

सँगसँगै बिताएको सम्झनाको कुरा गर, सम्झनाको कुरा गर

दुख छोड, दुखलाई त जिन्दगानी छँदै छ

भरे फेरि एकान्तमा रुनु त छँदै छ

केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ

आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचेजस्तै – २

बतासमा उडौँ आज सिमलको भुवाजस्तै, सिमलको भुवाजस्तै

दुई कदम साथै हिँडौँ, छुट्टिनु त छँदै छ

भरे फेरि एकान्तमा रुनु त छँदै छ

केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ

Advertisements