Hami Aayou

हामी आयौँ, आधा रातमा, बन्दुक हातमा, डर छ छातीमा – २
निडर नेपाली, सबै भन्छन्, तर किन छ, डर यो छातीमा?

हिजोसम्म, दौडी खेल्थेँ, आज फसेँ म, ज्यानको झेलैमा
सल्काइदेऊ सिकारी, बनाइदेऊ खरानी
हिजोसम्म, दौडी खेल्थेँ, आज फसेँ म, ज्यानको झेलैमा

मानिस भई, मानिस मारी, के पाउनु छ र, यो जिन्दगानीमा?
नजिक आयो, ढुकढुकी बढ्यो, त्रासको बास भो, यो मेरो छातीमा
जे गर्न आएँ, त्यो गर्नु छ, अरू केही, बाटो म देख्दिन
मर्ने मार्ने, ध्वस्त पार्ने, मानिसको बानी, कहिले मरेन
सल्काइदेऊ सिकारी, बनाइदेऊ खरानी
हामी आयौँ, आधा रातमा, बन्दुक हातमा, डर छ छातीमा – २

Advertisements