Priyasi Ko Kalpanama – Kandara Band 

(प्रियसीको कल्पनामा मुसुमुसु हाँसी देऊ 

न्यानो न्यानो अंगालोमा आफूलाई बाँधिदेऊ )२ 

दुई दिनको जीवन हो यो चोखो माया गाँसिदेऊ 
रातको निद दिनको भोक अलिअलि चोरी नदेऊ 

मन भित्र प्रियसीको तस्बिर कोरी नदेऊ 

हाँसी रहने मात्र जिउनु जीवन के भो र 

जीवन त चिन्तन हो बिर्सेर हुन्छ र 

रोई-रोई हाँस्ने तिमी पनि सिकी देऊ 
आफै भित्र हराएर एक्लै के नै हुन्छ 

धेरै नाउ तर मायालुको मुटु छुने एउटै हुन्छ 

आऊ आऊ तिमी पनि संसारमा छाईदेऊ 

सुन्दर मन तिम्रो पनि सबै सामु खोलिदेऊ 

पाउदैनौं जे तिमी पाईसक्यौ सोचिदेऊ…..

Advertisements