Tehi Pal Timi – The Vibez 

(जब तिमी मेरो मनमा मुस्कुराउँछौ 

जब मन्द मन्द बताशमा म एक्लो हुन्छु )२ 

(हो…त्यहि पल तिमी आउ 

हो…त्यहि पलमा तिमी आउ)३ 
(मिर्मिरे साँझमा तिम्रो साथ 

पाएर म समाउँला हात )२ 

आँखामा आँखा राखी 

एक अर्काको जीवन साँची 

डुबि जाने छु सागर ठानी 

ति गहिराईमा 

हो त्यहि पल तिमी आउ 

हो त्यहि पलमा तिमी आउ 
(तुषारे बिहानीमा शीतको थोपा 

फूलमा खस्दा यताउता )२ 

जब तिमी मेरो मनमा मुस्कायौ 

हो त्यहि पल तिमी आयौ 

जब रातमा जुन तारा झिल्मिलाउँछ 

(हो त्यहि पल तिमी आउ 

हो त्यहि पलमा तिमी आउ)३

Advertisements