Khai Ke Bho – The Vibez 

अंगाल्न आऊ न हात समाऊ न 

बिर्सी मलाई आज कहाँ जाँदैछौ 

मेरो घाउमा रोइदिने प्रियसी 

तिमी कहाँ छौ 

पिडा मुटुमा हुने थिएन 

धड्कन तिमीलाई नमानेको भए 

छाती मेरो पोल्ने थिएन 

हर सासले तिमीलाई नसम्झेको भए 

मेरो निम्ति मर्छु भन्ने 

प्रियसीलाई आज खै के भो 

मलाई सार्‍है माया गर्ने 

निष्ठुरीलाई आज खै के भो 
त्यो दिनलाई कसरी भूल्न सक्छु र 

त्यो वाचालाई कसरी भूलाऊ म अब 

त्यो दिनलाई कसरी भूल्न सक्छु र 

यो मनलाई कसरी बुझाउ भन न 

मेरो निम्ति मर्छु भन्ने 

प्रियसीलाई आज खै के भो 

मलाई सार्‍है माया गर्ने 

निष्ठुरीलाई आज खै के भो 

मलाई सार्‍है सार्‍है माया गर्ने 

प्रियसीलाई खै के भो…

Advertisements