Birsera Malai – The 1974 A.D 

(बिर्सेर मलाई टाढा भई दियौ अब फर्की हेरि नदेऊ)२ (म तिम्रो बिछोडमा मरि जाने त हैन 

म तिम्रो खुशीमा जलि जाने त हैन )२ 

तिमीलाई आफ्नो भनी बोलाउने सायद मेरो अधिकारै छैन 

बिर्सेर मलाई टाढा भई दियौ अब फर्की हेरि नदेऊ… 
(बसन्त फेरि नआउने त हैन 

जुन तारा आकाशमा नछाउने त हैन )२ 

निभेको आगोले पोल्यो भने आँशु झार्ने म कहिले छैन 

बिर्सेर मलाई टाढा भई दियौ अब फर्की हेरि नदेऊ… 
(बगेको खोला फर्की आउने त हैन 

निभेको दियो बलि जाने त हैन )२ 

आफैमा यदि हराएँ भने सम्हाँली दिने यहाँ कोहि छैन 

(बिर्सेर मलाई टाढा भई दियौ अब फर्की हेरि नदेऊ…)२