Juni Juniko Laagi – Sheetal N Subani Moktan 

अरुको तुलनामा मेरो माया बढि छ जूनी जूनी पुग्ने 

तिमीले माया नगरे नि मेरो माया काफी छ 

हामीलाई पुग्ने 

कुनै दिन त तिमी पनि माया गर्छौ होला नि 

तिमीलाई पर्खि रहेकी छु म 

आऊ न माया गाँस न जूनी जूनीको लागी 

मायाको डोरीले बाध न 

आऊ न माया साट न म हुँ नै तिम्रो लागी 

तिमीलाई नै सुम्पेकी छु जीवन… 
सामु आईदेऊ न कहिले नजाने गरि 

मेरो मुटु तोडेर 

कति बसौं एक्लै तिम्रो माया सम्झेर 

तिमीलाई पर्खेर 

कुनै दिन त तिमी पनि माया गर्छौ होला नि 

तिमीलाई पर्खि रहेकी छु म 

आऊ न माया गाँस न जूनी जूनीको लागी 

मायाको डोरीले बाध न 

आऊ न माया साट न म हुँ नै तिम्रो लागी 

तिमीलाई नै सुम्पेकी छु जीवन… 
सायद तिम्रो पर्खाईमा बित्ने होला जीवन 

ढुकढुकीको चालसँगै मन्द होला यो मन 

मेरो जीवनको अन्तिम साससम्म 

म तिमीलाई नै पर्खिनेछु 

(आऊ न माया गाँस न जूनी जूनीको लागी 

मायाको डोरीले बाध न 

आऊ न माया साट न म हुँ नै तिम्रो लागी 

तिमीलाई नै सुम्पेकी छु जीवन…)२

Advertisements