तिम्रो यादमा आफैलाई हराएकी छु
अनि तिम्रो मायाको प्रतिक्षा गरेकी छु
तिमी बिनाको जीवन अधुरो छ
मेरो माया तिमीलाई साँचेकी छु
तिमी हौ मेरो माया
मेरो मन तिमीलाई दिएकी छु
तिमी हौ मेरो माया
जस्तै बाधा आए पनि तिमी नै त छौ
मेरो माया….
किन छैनौ तिमी यहाँ मसंग
आऊ समाउ यी हात
आउदैनौ किन तिमी मेरो जीवनमा
न हौ सपना मात्र
तिमी नै त चाहिन्छ मलाई यो जीवनमा
मेरो माया तिमीलाई साँचेकी छु
तिमी हौ मेरो माया
मेरो मन तिमीलाई दिएकी छु
तिमी हौ मेरो माया
जस्तै बाधा आए पनि तिमी नै त छौ
मेरो मुटुको ढुकढुकी
तिमी नै त हौ
मेरो माया…