फर्केन माया मलाई रुवाई  – सुवानी मोक्तान 

फर्केन माया मलाई रुवाई

 बाँचा त्यो खेर गयो 

भुलिन मैले कहिले उसलाई 

बाँच्नु न मर्नु भयो 

सजाँय केको मलाई 

दिएर टाढा भयौ 

मुटुमा घाउ लगाई 

मायाको चोखो बन्धन 

छिन भरमै तोडि दियौ 

तिमी कता हरायौ 

फर्केन माया मलाई रुवाई 

बाँचा त्यो खेर गयो… 
प्रेमको मिठो सपना 

देखेको हामी दुईले 

के त्यो सपना मात्रै हो 

मेरो मायामा तिमीले 

केहि कमी पो पायौ कि 

के छुट्नु हाम्रो कर्म हो 

मैले दिएको चोखो माया 

तिमीलाई किन कम भयो 

बुझाऊ तिमी मलाई 

फर्केन माया मलाइ रुवाई 

बाँचा त्यो खेर गयो… 
मायामा शक्ति हुन्छ 

मायामा प्राप्ति हुन्छ 

दुखलाई बिसाउन 

आज म तड्पेकि छु 

तिम्रो साथ खोजेकी छु 

तिमी मलाई बुझन 

तिमीलाई माया लाग्छ मेरो 

किन स्वीकार्न सक्दैनौ 

आऊ अपनाऊ मलाई 

फर्केन माया मलाई रुवाई 

बाँचा त्यो खेर गयो 

भुलिन मैले कहिले उसलाई 

बाँच्नु न मर्नु भयो 

सजाँय केको मलाई 

दिएर टाढा भयौ 

मुटुमा घाउ लगाई 

मायाको चोखो बन्धन 

छिन भरमै तोडि गयौ 

तिमी कता हरायौ 

फर्केन माया…….