भिँडमा एक्लो, आफैलाई खोज्दैछु
सुन्यता वरिपरि, आफ्नै स्वर खोज्दैछु
जिउने प्रायस छ, आफ्नै तलास छ
आफै भित्र मरिरहेको
मात्र एक लाश छ
म रित्तो शरिरमा अड्केको आत्मा
आफैलाई खोज्दैछु, आफैलाई प्रश्न सोध्दै
आफै जवाफ दिदै, आफैलाई सम्हाल्दैछु
घामको किरणलाई
समेट्न खोज्दै, समात्न खोज्दै
आफैलाई अध्यारोबाट
हटाउन खोज्दैछु
झिनो आस छ
आफ्नै तलास छ
आफै भित्र मरिरहेको
मात्र एक लाश छ
म रित्तो शरिरमा अड्केको आत्मा
आफैलाई खोज्दैछु, आफैलाई प्रश्न सोध्दै
आफै जवाफ दिदै, आफैलाई सम्हाल्दैछु
भिँडमा एक्लो, आफैलाई खोज्दैछु
कपिराइट्स्: एनपिसङ्ग्सडटकम
आफै आफै आफ्नै घाउमा
मल्हम लगाउदैछु
म रित्तो शरिरमा अड्केको आत्मा
आफैलाई खोज्दैछु, आफैलाई प्रश्न सोध्दै
आफै जवाफ दिदै, आफैलाई सम्हाल्दैछु
म रित्तो शरिरमा अड्केको आत्मा
आफैलाई खोज्दैछु