मुटु भित्रको माया पाऊ मुनि राखि दियौ
जिन्दगीको सहयात्री बनि दोबाटोमा छाडि दियौ
कस्तो कठोर होला त्यो पापी मन
छाड्नेलाई के थाहा कति रुन्छ मन
मुटु भित्रको माया पाऊ मुनि राखि दियौ…
दुई आँखाको नानी एउटा दुखे अर्कोले देख्छ
तर दुख पर्दा दुबै सँगसँगै रुन्छ
आँशु सबै परेलीको भुईमा सारि दियौ
जिन्दगीको सहयात्री बनि (दोबटोमा छाडिदियौ…)२
तिम्रो लागि रुप ठुलो रुप भन्दा धन झन ठुलो
आफ्नो त के नै छर बाँकी यहि मन हो ठुलो
तिमिलाई माया गर्ने कठै माया मारी दियौ
जिन्दगीको सहयात्री बनि (दोबाटोमा छाडि दियौ…)२
मुटु भित्रको माया पाऊ मुनि राखि दियौ
जिन्दगीको सहयात्री बनि दोबाटोमा छाडि दियौ
(कस्तो कठोर होला त्यो पापी मन
छाड्नेलाई के थाहा कति रुन्छ मन )३