Bachna Pani – Devika Pradhan 

बाँच्न पनि सार्‍है रहेछ मर्न पनि गार्‍है रहेछ 

(जिन्दगानी भन्नु पनि यस्तै रहेछ 

यस्तै रहेछ…)२ 

बाँच्न पनि सार्‍है रहेछ… 
(रोऊँ भने छाती पिटी कहाँ गई डाको छोडौं 

छाती भरि व्यथा बोकी हाँसौं कसो गरि हाँसौं )२ 

हाँस्न पनि सार्‍है रहेछ रुन पनि गार्‍है रहेछ 

(जिन्दगानी भन्नु पनि यस्तै रहेछ 

यस्तै रहेछ…)२ 

बाँच्न पनि सार्‍है रहेछ… 
(काँचको चुरा जस्तो मन चुटे पछि जोडिदैंन 

माया पनि छाँया जस्तो छोडे पनि छोडिदैंन )२ 

जोड्न पनि सार्‍है रहेछ छोड्न पनि गार्‍है रहेछ 

(जिन्दगानी भन्नु पनि यस्तै रहेछ 

यस्तै रहेछ…)२ 
बाँच्न पनि सार्‍है रहेछ मर्न पनि गार्‍है रहेछ 

(जिन्दगानी भन्नु पनि यस्तै रहेछ 

यस्तै रहेछ…)२ 

बाँच्न पनि सार्‍है रहेछ…

Advertisements