भनि देउ मायालु  – भीम तुलाधर  

भनि देउ मायालु 

तिमी कस्की हौ 

मेरो हो कि उस्को 

नढाटी भनि देउ 
जुन भए तिमी 

प्रकाश म बनी दिन्छु 

नदी भए तिमी 

किनार म बनी दिन्छु 
फूल भए तिमी 

सुवास म बनी दिन्छु 

उजाड भए तिमी 

बसन्त म बनी दिन्छु

Advertisements